बुधबार, वैशाख २३, २०८३

६ सचिवको सरुवा, को कहाँ पुगे ?

मेरोन्यूज २०८१ वैशाख २१ गते १६:३७

काठमाडौँ । सरकारले राजपत्राङ्कित केही विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

Advertisement
NiccNicc

जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा सरुवा भएका छन् भने त्यहाँका सचिव डा. दिपक काफ्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् ।

त्यसैगरी वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खराललाइ कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशुपन्छी), पशुपन्छीका डा. रेवती रमण पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय (कृषि) र कृषि तर्फका सचिव डा. गोविन्द प्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएकाे छ ।

यता लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याल उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएकी छन् ।

प्रतिक्रिया