१०३ वर्षीया बृद्धाले पाइन् नागरिकता

मकवानपुर। मकवानपुरको विकट मानिने राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ७ मा बस्दै आएकी ज्येष्ठ नागरिक माजनी प्रजाले १ सय ३ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन्।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईको नेतृत्वमा गएको टोलीले प्रजाको घरमै पुगी नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो।
प्रमुख जिल्ला अधिकारी सेडाईले विभिन्न कारणले नागरिकता नपाएका नागरिकलाई स्थलगत अध्ययन गरी घरघरमै पुगेर नागरिकता प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको बताएका छन्।
उनले भने, ‘१०३ वर्षसम्म प्रजा सरकारबाट पाउनुपर्ने सुविधाहरूबाट वञ्चित हुनुभएको थियो। हामीलाई उहाँबारे जानकारी आएपछि प्रक्रिया सुरु गर्यौ। प्रक्रिया पूरा भएपछि घरमै पुगेर नागरिकता हस्तान्तरण गरिएको छ। अब उहाँले सरकारबाट पाउनुपर्ने सेवा सुविधा पाउनुहुनेछ।’
प्रमुख अधिकारी सेडाईले नागरिकता प्राप्त गर्न सक्ने अवस्था भएतापनि अपाङ्गता, असक्तता, ज्येष्ठ नागरिक भएकै कारण कारण कार्यालयसम्म आउन नसकेका नागरिकहरूलाई घरदैलोमै पुगेर नागरिकता प्रमाणपत्र वितरण गर्ने क्रम जारी रहने बताए। यसअघि पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीमफेदी गाउँपालिकामा असक्त नागरिकलाई घरमै पुगी नागरिकता प्रदान गरेको थियो।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री
प्रतिक्रिया