आइतबार, फागुन ३, २०८२

पोखराको एक खोलामा बालकको शव फेला

मेरोन्यूज २०८१ वैशाख २३ गते २१:०४

पोखरा । पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले बालकको शव निकालेको हो।

Advertisement
nepal life insurencenepal life insurence

शवको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ। अन्दाजी १५ वर्षीय बालक अपराह्न ४ बजेतिर डुबेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यसअघि आइतबार नै १४ वर्षीय बालकको शव फेला परको थियो। मृत्यु हुनेमा पोखरा-५, मालेपाटनका १४ वर्षीय सोनाम सुवेदी रहेका छन्।

पोखरा-१८, खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा पौडी खेल्ने क्रममा उनी डुबेका थिए। १५ वर्षीय साथी सञ्जय कार्कीसँगै उनी पौडी खेल्न गएका थिए।

सोनाम डुबेको थाहा पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीले उनलाई दिउँसो २ बजेर २४ मिनेटमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त शर्माले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया