गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ। बलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको हो।
साँगाबाट जगातीतर्फ आँउदै गरेको ना.५ख. २३६१ नम्बरको बोलेरो गाडीले गोरखा पालुनटार नगरपालिका वडा नम्बर २ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नलिन्चोक वस्दै आएका ३८ वर्षीय कमल बयलकोटीलाई ठक्कर दिएको थियो। ठक्करपछि गम्भिर घाइते भई उपचारका लागि डा. ईवामुरा अस्पताल भक्तपुर लगिएकोमा थप उपचारको लागि सुमेरु अस्पताल ललितपुर रिफर भएपछि उनको उपचारकै क्रममा आज साँझ निधन भएको हो।
प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने बोलेरो गाडी र सवारी चालक सरलाही लालबन्दी नगरपालिका वडा नम्बर १६ बस्ने बर्ष २३ को सागर माझी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखिएको परिसरका सूचना अधिकारी राजन कार्कीले जनाए। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

















भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा प्रचण्ड
Driver killed after car falls into Phewa Lake
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
4 die, 5 injured in firing incidents in Karachi
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया