कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कृष्णनगर (कपिलवस्तु) नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई संगठन विस्तारमा लाग्न आह्वान गरेका छन्।
एमाले कपिलवस्तुको दशौँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उनले कार्यकर्ता इमान्दार भएमा नेतृत्व इमान्दार हुने र पार्टी संगठन पनि थप गतिशिल बताए उनले कपिलवस्तुको चन्द्रौटामा आयोजित अधिवेशनलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी नगरी मिसन ८४ पूरा गर्नु सबैको दायित्व हो भने। उनले भने्, “यसको लागि आजैका दिनदेखि नेता, कार्यकर्ता एक ढिक्का भएर अघि बढ्नुपर्छ । ”
उनले बुद्धको स्थल कपिलवस्तुको समग्र विकासमा जोड दिएको जनाउँदै यसको ज्वलन्त उदाहरण हुलाकी राजमार्ग भएको बताए । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने एमाले आयोजक कमिटीले जनाएको छ । अध्यक्ष ओलीले आजै कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ श्ययाको अस्पताल उद्घाटन गरे ।
















लेक लागेर सगरमाथा आरोहीको निधन
आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
दार्चुलामा गयाे भूकम्प
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
प्रतिक्रिया