कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण

मान्म (कालीकोट)। कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण भएका छन् ।
गत वैशाखदेखि हालसम्म कर्णाली करिडोरअन्तर्गत उक्त खण्डमा १६ वटा पक्की पुल निर्माण भएका हुन् । आठदेखि दश महिनाको अवधिमा करिडोरअन्तर्गत कालीकोटको खुलालुबाट हुम्लाको सलिसल्लासम्म १२३ किलोमिटरमा १६ पक्की पुल निर्माण सम्पन्न भएका खुलालु सलिसल्ला सडक आयोजना कार्यालयले जनाएको छ ।
उक्त खण्डमा साना तथा ठूला खोलामा गरी १६ वटा पक्की पुल निर्माण भएको खुलालु आयोजनाका प्रमुख वीरेन्द्र चन्दले बताए । “गत वैशाखदेखि निर्माण सुरु भएको थियो”, उनले भने, “सबै पुल निर्माण गत कात्तिकमा सम्पन्न भए पनि बाँकी काम भने चैतमा सम्पन्न भएका छन् ।”
सलिसल्लासम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै निर्माण सामग्री जुटाउन सहज भएकाले चाँडो काम सम्पन्न भएको प्रमुख चन्दले जानकारी दिए । “निर्माण सम्पन्न भएका पुल खुलालुबाट बाजुराको कवाडीसम्म आठवटा छन्”, उनले भने, “बाजुराको कवाडीबाट हुम्लाको सलीसल्लासम्म आठवटा छन् ।”
सबै पुल छ मिटर चौडाइ र आठ मिटर लम्बाइका रहेका आयोजनाका प्रमुख चन्दले बताए। “यी सबै पुल निर्माणका लागि भ्याटसहित कार्यालयले रु नौ करोड लागतमा बनाएको हो”, उनले भने, “पुल निर्माणसँगै बर्खायाममा बाढी पहिरो तथा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध हुने अवस्थाको अन्त्य भएको छ ।”
















जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
कांग्रेस अनुशासन समितिकाे बैठक बस्दै
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया