मंगलबार, चैत १७, २०८२

लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारबारे सरकार सचेत छ : गृहमन्त्री लामिछाने

मेरोन्यूज २०८१ वैशाख २८ गते २१:१९

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारबारे सरकार सचेत रहेको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

लैङ्गिक अल्पसङ्ख्यक समुदायले नागरिकता लिन झेल्नुपरेको समस्याबारेको छलफलमा आज गृहमन्त्री लामिछानेले नागरिकता कार्याविधिमा छलफल गर्ने तयारी भइरहेकाले छलफलमा सक्रिय सहभागिता जनाइ आफ्ना गुनासा राख्न आग्रह गरे । गृहमन्त्री लामिछानेले भने, “हरेक व्यक्तिले आफ्नो अधिकार निर्वाध प्रयोग गर्न पाउनुपर्छ भन्नेमा सचेत छु । सरकार पनि सचेत छ । जुन समाजमा लैङ्गिक अल्पसङ्ख्यकको सम्मान हुँदैन त्यो समाज बस्नयोग्य हुँदैन । त्यसैले अरुको जति अधिकार छ तपाईंहरुको पनि त्यति नै छ । ”

त्यसक्रममा लैङ्गिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरूले स्वअनुभूतिका आधारमा नागरिकता पाउने व्यवस्था गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूले सुरक्षा निकाय (प्रहरी र सशस्त्र प्रहरी) मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले पनि सहभागिता जनाउन पाउने व्यवस्था गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया