गृहमन्त्री लामिछानेकाे आराेप : जीबी राईलाई अघिल्लो सरकारले भगायो
मेरोन्यूज
२०८१ वैशाख २९ गते ११:०५

चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् ।
शनिबार विहान चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा जीबी राइलाई अघिल्लो सरकारले भगाएको आरोप लगाउदै ‘भगाएको मान्छे’ लाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् ।
जीबी राई किन पक्राउ पर्न सकेनन् ? भनेर सोधेको प्रश्नको जवाफमा गृहमन्त्री लामिछानेले भने- ‘भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ ।’ त्यसपछि त्यसो भए कसले भगायो ? भन्ने प्रश्नमा उनले भने- ‘भाग्दाखेरी सरकारमा को थियो ?’
उनले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको बताए । उनले संसद्मा आफूलाई बोल्ने अधिकारबाट वञ्चित गरिएको भन्दै गुनासो गरेका थिए ।
सम्बन्धित
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया