अल्लु अर्जुन विरुद्ध प्रहरीले दायर गर्याे मुद्धा

काठमाडौँ । पुष्पा फेम दक्षिण भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा परेका छन् ।
आफ्नो घनिष्ठ मित्र र वाईएसआरसीपी विधायक रवि चन्द्र किशोर रेड्डीको लागि प्रचार गर्न नन्दयाल पुगेपछि फ्यानहरुको ठुलो भीड जम्मा भएपछि उनीमाथि प्रहरीले मुद्धा दायर गरेको छ ।
मिडिया रिपोर्टका अनुसार अल्लु अर्जुनविरुद्ध आईपीसीको धारा १८८ अन्तर्गत मुद्दा दर्ता गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
अल्लु अर्जुनलाई हेर्न रविचन्द्रको घरमा ठूलो संख्यामा फ्यान र समर्थकको भिड लागेको र यसले ठुलो शान्ति व्यवस्था र ट्राफिक समस्या सिर्जना गर्दा सर्वसाधारणले समस्या भोग्नुपरेको भन्दै प्रहरीले मुद्धा दायर गरेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार अभिनेता अल्लु अर्जुन र रविचन्द्र किशोर रेड्डीको टोलीले कुनै अनुमति नलिएर सभा गरेको बताइएको छ । त्यसैले अल्लु अर्जुन र रविचन्द्र रेड्डी विरुद्ध आईपीसीको धारा १८८ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार ठूलो भीडका कारण मामिला नियन्त्रणमा आउन नसकेकाले मुद्दा दर्ता गरिएको हो ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया