दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
मेरोन्यूज
२०८१ वैशाख ३१ गते ६:५०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो ।
बैंगलुरुले दिएको १८८ रनको लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा अलआउट हुदै १४० रन मात्र बनाएको थियो । यस अघि बैंगलुरुले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १८७ रन बनाएको थियो ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १२ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । अब बैंगलुरुले आफ्नो अन्तिम खेल आगामी शनिबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।
त्यसैगरी दिल्ली क्यापिटल्सको भने यो हारपछि प्लेअफको सम्भावना मुश्किल बनेको छ । दिल्लीको १३ खेलमा १२ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ । अब दिल्लीले आफ्नो अन्तिम खेल मंगलबार लखनउसँग खेल्ने छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया