मैले संसदमा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपका बारेमा आफूले बोल्न पाउनुपर्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओलीसँगको छलफलका क्रममा लामिछानेले कांग्रेसले सहकारी प्रकरणमा आफूमाथि लगातार आरोप लगाएकाले आफूले संसदबाट त्यसको जवाफ दिन पाउनुपर्ने बताएका हुन् ।
बैठकमा कांग्रेसले संसदीय छानबिन समिति माग गरेको अवस्थामा मंगलबारको बैठक कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको थियो । छलफलका क्रममा लामिछानेले कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विरोध गरे आफूले पनि बोल्न पाउनुपर्ने अडान राख्ने बताए ।
छलफलपछि लामिछानेले आफूमाथि निरन्तर आरोप लागेपछि एकपल्ट जवाफ दिन पाउनुपर्ने बताए । सदनमा जवाफ दिन पाउने आफ्नो अधिकार भएकाले कसैले खोस्न नमिल्ने उनको भनाइ छ । लामिछानेले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन कांग्रेसले संयम अपनाउनुपर्ने सुझाव दिए ।
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया