ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई भेट गरी आगामी तयारी योजना बारे जानकारी लिएका छन् ।
सो अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले थप तयारीका लागि अन्तर्राष्ट्रिय सहभागिता, प्रशिक्षण, खेल सामाग्रीलगायतका विषयमा चासो व्यक्त गरेका थिए । भेटका क्रममा प्रशिक्षणका लागि प्रिन्स दाहालले माग गरेका खेल सामाग्री राखेपले तत्काल उपलब्ध गारएको छ ।
नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् । उनी पेरिस ओलम्पिक २०२४ मा छनोट हुने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।
जुनियर विश्व वरीयताका पूर्व नम्बर १ खेलाडी प्रिन्स युनिभार्सलिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो । योसँगै १९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका हुन् ।
ओलम्पिक अन्तर्गत ब्याडमिन्टनमा यसपटक पुरुष ८३ र महिला ८३ सहित १ सय ६६ नियमित कोटा, ३ युनिभार्सलिटी कोटा र एक ओलम्पिक रिफ्युजी कोटामार्फत खेलाडी छनोट हुदै छन् । प्रिन्स आफ्नो पुरानो प्रदर्शनको आधारमा युनिभार्सलिटी कोटा मार्फत ओलम्पिक खेल्ने भएका हुन् ।
प्रिन्ससँगै युनिभार्सलिटी कोटामा पुरुषतर्फ सुरीनामका सोरेन ओप्ति र महिलातर्फ माल्दिभ्सकी अब्दुल रजाक फथिमाथले खेल्नेछन् ।
ओलम्पिक २०२४ फ्रान्सको राजधानी पेरिसमा यसै जुलाई २६ देखि अगस्ट ११ सम्म आयोजना हुँदैछ ।
















रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया