सत्यमोहन जोशीको फोटो सगरमाथामा पुर्याएका महर्जन सम्मानित

काठमाडौ । शताव्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको तस्वीरलाई सगरमाथाको चुचुरोमा पुयाएबापत सगरमाथा आरोही कल्पना महर्जन सम्मानित भएकी छन् ।
बाङमय शताव्दी पुरुष, लोकसाहित्यकार डा सत्यमोहन जोशीको एक सय पाँंचौं वर्षको जन्मजययन्तीको सप्ताहव्यापी समापन कार्यक्रममा राजधानीमा आयोजित कार्यक्रममा महर्जनलाई सम्मान गरिएको हो ।
लोकसाहित्य परिषद् बखुबहाल ललितपुरद्धारा आयोजित कार्यक्रममा वागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यले महर्जनलाई सम्मान गरेका हुन् । कार्यक्रमको क्रममा विभिन्न लेखकहरुद्धारा लिखित ६ वटा पुस्तकहरुको पनि विमोचन गरिएको थियो । सगरमाथा आरोही महर्जनले पछिल्लो पटकको सगरमाथा आरोहणमा स्वर्गीय सत्यमोहन जोशीको तस्वीर लिएर सगरमाथाको चुचोरोमा पुरयाएका थिए । आरोही महर्जन पत्रकार एवं अभियन्ता पनि हुन् ।
ललितपुर नगरपालिकाको वखुंबहालस्थित शताब्दी पुरुषकै निजी निवास परिसरमा निर्मित लोकसाहित्य परिषदको कार्यालय भवनकै प्राङ्गणमा कार्यक्रम भएको थियो । कार्यक्रमको सभापतित्व परिषदका अध्यक्ष राजीव श्रेष्ठले गरेका थिए । विशेष अतिथिमा शताब्दी पुरुषकै सुपुत्र अणुराज जोशी साथै नेवार समुदायका प्रतिष्ठित व्यक्तिहरू अतिथि गणमा समाहित भएका थिए ।
एक साता अगाडिबाट प्रारम्भ भएको जन्मजयन्ती समारोहमा शताब्दी पुरुष् जोशीको स्मृतिलाई ताजा गराउन विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको थियो । तीमध्ये सबैभन्दा महत्वपूर्ण कार्यक्रम साहित्यिक विधामा थिए । जुन अन्तर्गत कविता, बाल कविता, बाल कथा, बाल चित्रकला, चित्रकला प्रदर्शन आदि रहेका थिए ।














अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न आधिकारिक निकायकाे अनुरोध
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया