स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार
मेरोन्यूज
२०८१ जेठ २ गते २०:४१

काठमाडौँ । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली हानिएको छ । गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।
घटनास्थलमा उपस्थित पत्रकारहरुका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको थियो । प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ । गोली राजधानीभन्दा करिब २ घण्टाको ड्राइभ टाढा ह्याण्डलोभा भन्ने ठाउमा भएको सीएनएनले उल्लेख गरेको छ । ह्यान्डलोभामा सरकारी बैठक सकेर बाहिरिदै गर्दा गोली चलाइएको बताइएको छ ।
स्लोभाकियाकी राष्ट्रपति जुजाना सापुटोभाले यो क्रूर आक्रमणबाट आफू स्तब्ध भएको बताएकी छन् । उनको पछिल्लो अवस्था बारे जानकारी आउन भने बाँकी रहेको छ ।
सम्बन्धित

















महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया