पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते

पाल्पा । बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ, भने १३ जना घाइते भएका छन् ।
बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको थियो ।
दुर्घटनामा निस्दी गाउँपालिका-४ का ६ वर्षीय बालक राजीव सुनारी र सोही ठाउँमा २० वर्षीय तेजन सोमैको मृत्यु भएको डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य छ ।
दुर्घटनाका घाइतेको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा पर्ने सबै निस्दी ४ का स्थानीय हुन् । १५ जना सवारथु थिए ।
घाइतेहरु
१.जिल्ला पाल्पा निस्दी गा.पा. ४ बस्ने वर्ष २७ की धामिसरा सुनारी, अवस्था गम्भीर।
२.जिल्ला पाल्पा निस्दी गा.पा. ४ बस्ने वर्ष ७४ की माया खङ्गा, अवस्था मध्यम।
३.गाडी चालक ऐ.ऐ. बस्ने वर्ष २८ को नुरेस खाम्चा, अवस्था सामान्य।
४.ऐ.ऐ. बस्ने वर्ष २४ की इसानी गाहा खुट्टामा चोट, अवस्था सामान्य।
५.ऐ.ऐ. बस्ने इसानी गाहाकी छोरी वर्ष १ की सहिरा गाहा, अवस्था सामान्य।
६.ऐ.ऐ. बस्ने वर्ष ४० की दरीमा मश्राङ्गी, अवस्था सामान्य।
७.ऐ.ऐ. बस्ने वर्ष २० की हिरा खङ्गा, अवस्था सामान्य।
८.ऐ.ऐ. बस्ने वर्ष ४३ की बनि सुनारी, अवस्था सामान्य।
९.ऐ.ऐ. बस्ने वर्ष ३१ को सुर बहादुर सोमई, अवस्था सामान्य।
१०.ऐ.ऐ. बस्ने वर्ष २८ की कुसुम सारु थापा, अवस्था गम्भीर।
११.ऐ.ऐ. बस्ने कुसुम सारु थापाको छोरी अढाइ वर्षाकी मनिका सारु, अवस्था सामान्य।
१२. ऐ.ऐ. बस्ने वर्ष १७ की हेमसरी घर्ती शरीरमा सामान्य चोट।
१३. जिल्ला पाल्पा निस्दी गा.पा. ३ बस्ने वर्ष ६६ को खुम बहादुर सोती, अवस्था सामान्य।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया