मंगलबार, माघ ६, २०८२

कांग्रेसले आज पनि संसद् अवरोध जारी राख्ने

मेरोन्यूज २०८१ जेठ ३ गते १६:२२

काठमाडौं । नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ ।

सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताएको हो ।

बिहीबार बसेको कांग्रेस शीर्ष नेताको बैठकपछि प्रवक्ता डा। प्रकाशशरण महतले सरकारले गृहमन्त्रीको नाम नहुनेगरी संसदीय समिति गठन गर्न खोजेको आरोप लगाए ।

उनले जो व्यक्तिमाथि छानबिन मागेको हो उसलाई जोगाउने गरी हुने छानबिनको अर्थ नहुने र कांग्रेसलाई स्वीकार्य पनि नहुने बताए ।

प्रतिक्रिया