मंगलबार, माघ ६, २०८२

सुनसरीमा एक युवकमाथि प्रहरीले चलायो गोली

मेरोन्यूज २०८१ जेठ ३ गते २०:२४

काठमाडौं। सुनसरीमा प्रहरीले लागूऔषध कारोबारी युवतीमाथि गोली हानेर नियन्त्रणमा लिएको छ। 

रामधुनी नगरपालिका-६ मा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।

दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको र एक जना भाग्ने क्रममा दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट वरिष्ठ नायब निरीक्षक सइ बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले गोली चलाएको हो।

Advertisement
thakur moters insidethakur moters inside

प्रतिक्रिया