पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला
मेरोन्यूज
२०८१ जेठ ४ गते ९:०९

काठमाडौँ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित सञ्चयकोष भवनअगाडि त्रिदेवी मार्गमा भोलि खाना तथा हस्तकला मेला आयोजना हुन लागेको हो ।
परिषद्का महासचिव राजीव पाण्डेले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि एकदिने सडक खाना तथा हस्तकला मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
मेला बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । मेलामा हस्तकलाका सामग्री, तयारी पोशाक सिल्क, पश्मिन, गरगहनालगायत उत्पादनका ३० प्रदर्शनीकक्ष रहने छन् । मेलामा सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।
सम्बन्धित
















पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
कर्मचारी ट्रेड युनियन खारेज नगर्न तीन विपक्षी दलको माग
रोल्पा जिप दुर्घटना : १७ जनाको मृत्यु
हुम्लामा पनि डेङ्गुका बिरामी फेला
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया