बुधबार, वैशाख ९, २०८३

धनमाल चोरीमा संलग्न गिरोह पक्राउ

मेरोन्यूज २०८१ जेठ ४ गते २०:४७

काठमाडौं । ललितपुरको खोकना स्थित एक घरमा कोही नभएको बेला गहना र आइफोन चोरीमा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement
NiccNicc

ललितपुरको ललितपुर महानगरपालिका-२१ खोकनास्थित नवराज गुरुङ्गको घरमा कोही नभएको समयमा सुन चाँदीका गरगहनाहरु, नगद तथा आइफोन चोर्ने दुई व्यक्तिहरुलाई प्रहरीले पक्राउ बिहीबार पक्राउ गरेका हो।

पक्राउ पर्नेमा रामेछाप घर भई ललितपुरको खुमल्टार बस्ने कमल थापा मगर र धनलाल मगर रहेका छन्। उनीहरूले गत वैशाख ७ गतेदेखि ९ गतेको बिचमा उक्त घरबाट सामाग्रीहरु चोरी बिक्री समेत गरेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गर्दा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ६ घर भई काठमाण्डौँका बुढानिलकण्ठ नगरपालिका ११ कपन बस्ने सुवास सुनार र सोही नगरपालिका ५ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीमा सुन–चाँदी पसल संचालन गरी बस्ने रेशम बि.क पनि पक्राउ परेका छन्।

रमेश र कमलले आफूले चोरी गरेका धनमाल सुवास सुनार र रेशम बि.कलाई बिक्री गरेका थिए। उनीहरूलाई थप कारबाहीका लागि जिल्ला परिसर ललितपुर पठाइएको छ।

यस्तै चोरी भएका आइफोन र मोबाइल किनबेच गर्ने काठमाडौंको टोखा नगरपालिका घर भई काठमाडौंको न्युरोडमा पसल सञ्चालन गर्ने योगेश डाँगी र सप्तरीको सुरुंगा नगरपालिका घर भई काठमाडौंको कलकीं बस्ने मोहम्बर समिर पनि पक्राउ परेका छन्।

प्रतिक्रिया