वृषका राेकिएका काम बन्ने, अन्य राशिकाे कस्ताे छ दिन?

आजमिति २०८१ साल जेठ ५ गते शनिवार तदअनुसार मे १८ तारिख, नेपाल संवत ११४४वैशाख शुक्ल दशमी/पञ्चाङ्ग: हर्षण गर उत्तर
यस्ताे छ तपाइकाे आजकाे राशिफल
मेष : कार्यमा रुचि जाग्नुका साथै यात्राको योग समेत देखिन्छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। प्रतिस्पर्धी परास्त होलान्। कला र गलाको प्रभाव बढ्नेछ। दिनको उत्तरार्द्धमा अधिक धन खर्च हुन सक्छ।
वृष : रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। समाजसेवा गरे लोकमा प्रसिद्ध भइनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ। तीर्थाटनको योग छ।
मिथुन : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। राजनीतिक कार्यमा बाधा आउला। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ तर मनोरञ्जनमा सहभागी भइनेछ।
कर्कट : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। अधुरो र नयाँ कार्यको थालनी हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुर छाउने योग छ।
सिंह : नयाँ सम्बन्ध जोडिन सक्छ। पुरानो समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यमा सुधार आउनेछ। लाभदायक यात्रा रहनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ। एजेन्टको काममा भने नोक्सानी हुन सक्छ।
कन्या : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। आँटेको र ताकेको कार्य पूरा होला। तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन। लाभदायक र सुखद यात्रा हुने योग छ।
तुला : विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। सामाजिक कामको दायित्त्व बढ्नेछ। पढाइलेखाइमा ध्यान दिन नसकिएला तर सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ।
वृश्चिक : सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। टाढाको यात्राको सम्भावना छ।
धनु : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। लाभदायक भेटघाटलाई नकार्न सकिदैन। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रतिस्पर्धी परास्त होलान्। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।
मकर : उमङ्ग र उत्साह छाउला। चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ। रमाइलो र खानपिनको सम्भावना छ र त्यसबाट दीर्घकालीन फाइदा पुग्नेछ। पेसा-व्यवसायका क्षेत्रमा फाइदा हुनेछ।
कुम्भ : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सामान हराउने योग छ। विपरीत वर्ग र मन मिल्ने साथीको सहयोग मिल्नेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
मीन : एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ। धार्मिक सामाजिक कार्यमा विशेष रुचि हुने देखिन्छ। अरूको मन जित्न सकिनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। आत्मबल र हिम्मत बढ्नेछ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया