शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले शिक्षकहरूले राजनीति गर्न नहुने बताएका छन् ।
आज बैतडीको पाटनमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उपसहासचिव पोखरेलले शिक्षकहरूले पढाउन छोडेर कुनै दलको कार्यकर्ता भएर राजनीति गर्न नहुने बताएका हुन्।
उनले भने, “शिक्षकले राजनीति गर्ने हैन, पार्टीलाई सल्लाह सुझाव दिन सक्छन्, पढाउने समयबाहेक अन्य समय पार्टीलाई दिन सक्छन् तर झन्डा बोकेर चुनावै लड्न शिक्षाको नैतिकताले दिँदैन, गर्नु पनि हुँदैन ।”
सुदूरपश्चिम प्रदेश इन्चार्ज पोखरेलले संसदीय दलको नेता परिर्वतनका विषयमा स्थायी समितिको बैठकमा विशेष छलफल भइसकेको बताए । उनलेअबका दिनमा यस्ता गल्ती नदोहो(याउने निर्णय भएको प्रस्ट पारे ।
उनले सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री खगराज भट्टलाई बनाउने निर्णय भएको समेत जानकारी दिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया