‘पूजार सार्की’ मा पल शाहको नयाँ लुक्स सार्वजनिक

काठमाडौँ । फिल्म ‘पूजार सार्की’ मा अभिनेता पल शाहको नयाँ लुक्स सार्वजनिक गरिएको छ । फिल्ममा उनको जातीय विभेदविरुद्ध संघर्ष गर्ने पात्रको भूमिका निभाएका छन् । यसअघि सार्वजनिक बन्दुक बोकेको लुक्समा देखिएका पलको नयाँ लुक्समा फुलेको दार्हीसहितको गेटअपमा देखिएका छन् ।
पलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीरमा उनको कपाल र दाह्री सेत्तै फुलेको छ । आँखामा चश्मा छ । शिरमा ढाका टोपी र स्टकोट लगाएका उनलाई प्रहरीहरुले समातेका छन् । टिजर र ट्रेलरमा जवान देखिएका उनलाई वृद्ध अवस्थामा पनि फिल्ममा देख्न सकिने यी तस्वीरहरुबाट बुझ्न सकिन्छ ।
पलले प्रहरीसँग मुठभेडको तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘मेरो करिअरमा महत्त्वपूर्ण फिल्म ‘पूजार सार्की’ सावित हुनेमा ढुक्क छु । आज मैले फिल्ममा मेरो अभिनयबाट यो तस्वीर सार्वजनिक गरेको छु । यसबाट तपाईँले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउनु हुनेछ । यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्वीरलाई लिएर देखाउनुभएको प्रेम अतुलनीय छ ।’
यही बिहीबार अर्थात् बुद्ध जयन्तीबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा पलका साथै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली र परीक्षा लिम्बू पनि मुख्य भूमिकामा छन् । दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुभाष भुसालले निर्माण गरेका हुन् । सोमबारबाट फिल्मको मल्टीप्लेक्सहरुमा बुकिङ खुलिसकेको छ ।
















पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया