दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट ११ सय बढी लाभान्वित

दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन् ।
रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँ, भीमेश्वर नगरपालिका र पशुपति चौलागाईं स्मृति अस्पतालको संयुक्त आयोजनामा भएको शिविरलाई मेड(सोलुसन फाउन्डेसन स्विजरल्यान्डले प्रायोजन गरेको थियो । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँचजनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेसिस्ट र पाँचजना नर्सले सेवा प्रवाह गरेका थिए ।
नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँका वरिष्ठ एनेस्थेसिस्ट चिकित्सक संयुक्त आचार्यले शिविरबाट दोलखाका विभिन्न स्थानका बिरामीहरुले सेवा लिएका बताए।
वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा रचित शर्माले शिविरमा ३९ जनाको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिए ।
शिविरपछि चिकित्सकको टोलीलाई पशुपति चौलागाईं स्मृति अस्पतालका अध्यक्ष भरतनारायण प्रधानले धन्यवाद दिए।
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया