आइतबार, वैशाख ७, २०८२

५ लाख ३० हजारमै टाटा टियागो इभी घर लैजान सकिने, मासिक किस्ता कति ?

मेरोन्यूज २०८१ जेठ ८ गते १७:१८

काठमाडौं। सन् २०२३ विद्युतीय सवारी साधनका लागि निकै लोभलाग्दो रह्यो । यो वर्ष ११ हजार ८ सय ७२ वटा गाडी आयात भएकोमा ६ हजार ७ सय ६१ वटा विद्युतीय मात्र थिए ।

विद्युतीय सवारी साधनकै कारण तेस्रो स्थानमा रहँदै आएको टाटा पहिलो नम्बरमा उक्लियो ।

हाल नेपालमा टाटाको नेक्सन इभी, टिगोर इभी र टियागो इभी चर्चित छन् । कम्पनीले पन्च इभी पनि ल्याउने तयारी गरिरहेको छ । टाटाले आफ्ना ग्राहकलाई विद्युतीय गाडीमा अप्सनहरु धेरै दिंदा कम्पनीको सेल्सको ग्राफ उकालो लागेको हो ।

२०२३ मा टाटाले कूल २ हजार ९ सय २७ वटा आयात गर्दा २ हजार ५ सय ५७ वटा विद्युतीय साधान ल्याएको हो ।

टाटाका विद्युतीय गाडी मध्ये टियागो इभी मध्यम वर्गका ग्राहकको रोजाइमा परिरहेको छ । शिक्षक, कर्मचारी, दैनिक कामकाजी लगायतका व्यक्तिको लागि टियागो इभी उत्कृष्ट विकल्प भएको टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जनाएकाे छन् ।

इभी किन्दा २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा हुन्छ ।

नेपालमा टियागो इभी ३ वटा अप्सनमा उपलब्ध छन् । कम्पनीले टियागो इभी एक्सटीको २६ लाख ४९ हजार, एक्सजेड प्लसको २७ लाख ९९ हजार र एक्सजेड प्लस टेक लक्जरीको २८ लाख ९९ हजार निर्धारण गरेको छ ।

यी ३ वटै भेरिएन्टमा ब्याट्री र मोटर क्षमता एउटै छ भने फिचर्स भने थप–घट गरिएको छ ।

आज हामी टियागो इभीको बेस भेरिएन्टको २० प्रतिशत डाउन पेमेन्ट बुझाएर किन्दा के कति किस्ता बुझाउनु पर्छ भन्ने बारेका जानकारी दिदैछौं ।

टियागो इभीको बेस अप्सनको मूल्य हाल २६ लाख ४९ हजार छ । यसको २० प्रतिशत डाउन पेमेन्ट गर्दा ग्राहकले सुरुमा ५ लाख ३० हजार तिर्नु पर्छ ।

अब ग्राहकले २१ लाख १९ हजार तिर्न बाँकी हुन्छ । यसलाई ५ वर्षको किस्ता बनाईयो भने ९.५ प्रतिशत फिक्स ब्याजदर हुन्छ । जसअनुसार ग्राहकले ५ वर्षसम्म मासिक ४४ हजार ६ सय २९ बुझाउनु पर्छ ।

कम्पनीका अनुसार गाडी ७ वर्षको किस्तामा किन्ने हो भने ब्याजदर ९.९९ प्रतिशत हुन्छ र ग्रहकले मासिक ३५ हजार २ सय ७८ रुपियाँ बुझाउनु पर्छ । गाडीसँगै ३.३ किलोवाटको चार्जर र त्यसलाई चाहिने वाल माउण्ट बक्स जडान गरिन्छ ।

यसबाहेक इम्बोस्ड नम्बर प्लेटको शूल्क, एक आर्थिक वर्षको रोड ट्याक्स र अनरसिपमा लाग्ने सबै शूल्क कम्पनीले बेहोर्छ ।

प्रतिक्रिया