पक्राउ पुर्जी जारी भएपछि रिट लिएर सर्वोच्च पुगे सिरोहिया

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएपछि रिट दायर गर्न उनी सर्वोच्च अदालत पुगेका छन्।
जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले मंगलबार उनीविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएका थिए।
सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेपछि धनुषा प्रहरीले उनीविरूद्ध पुर्जी माग गरेको थियो।
उक्त पुर्जी जारी भएसँगै अध्यक्ष सिरोहिया रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्। उनले जिल्ला अदालत धनुषाको पक्राउ पुर्जी बदर गरपाउँ भनेर रिट ल्याएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
‘सिरोहिया आफैं उपस्थित हुनुभएको छ। पक्राउ पुर्जी बदर गरिपाउँ भन्ने खालको रिट लिएर आउनुभएको छ। हामीले यसबारे अध्ययन गरिरहेका छौं,’ उनले भने।
यसअघि सिरोहियाले आफूविरूद्ध धनुषा प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रतिषेधको आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो। यसको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ।
ीबहmष् दबलप
सिरोहियाले यसरी नागरिकताको विषयमा जाहेरी परेपछि राज्यले २०३३र२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको भन्दै विज्ञप्ति जारी गरेका थिए।
त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका थिए।














प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
काठको मुढाले च्यापिएर बालकको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया