कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाम ल्याइँदै
मेरोन्यूज
२०८१ जेठ ८ गते २०:५२

काठमाडौं । किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुरधाम ल्याइँदै छ । उनलाई स्थलमार्ग (बिपि राजमार्ग) बाट धुलिखेल, सिन्धुलि हुँदै जनकपुरधाम ल्याइँदै गरेको जानकारी प्राप्त भएको छ । उनी अहिले बाटोमै छन् । उनी पक्राउ परेपनि आफ्नै गाडीमा जनकपुरधाम आउँदै छन् ।
सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो ।
सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली कान्तिपुरको केन्द्रीय कार्यालय पुगेको थियो ।
सम्बन्धित









जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी
दाङको लमहीमा होटल सञ्चालक भेटिए मृत
महाधिवेशन प्रतिनिधिलाई बसाेबासको व्यवस्था गरिने
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
आज देशभरको मौसम कस्तो रहला ?
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया