मुद्धा किनारा नलागेसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने बताएको छ ।
सभामुख कृष्ण धितालले शुक्रबार बजेटका सिद्धान्त र प्राथमिकता टेबुल गर्ने कार्यसूचीसहित बैठक बोलाएपछि कांग्रेसले सर्वोच्च अदालतमा रहेको मुद्धा किनारा नलागेसम्म बैठक बहिष्कार गर्ने बताएको हो ।
तर मुख्यमन्त्रीको विश्वासको मतमा असन्तुष्टि जनाउँदै कांग्रेसले सर्वोच्चमा दायर गरेको रिट हेर्दा हेर्दैमा रहेको छ ।
कांग्रेसले भनेको छ-
‘मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्चले काम चलाऊ बनाएकै अवस्थामा बैठक सभामुखले असंवैधानिक तवरबाट बहुमत प्राप्त गरेको भनी घोषणा गरेको प्रक्रियाविरूद्ध नेपाली कांग्रेस संसदीय दलको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । सो रिटको संम्बन्धमा निरन्तर सुनवाई भईरहेको र २०८१ जेठ १४ गते अन्तिम सुनुवाइको चरणमा रहेको सर्वविदितै छ । कामचलाउ सरकारले अदालतको आदेशको अवहेलना हुने गरी प्रदेश सभा बैठक आह्वान गरी आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने कार्य प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर असहमति रहेको छ ।’
कांग्रेसले अदालतको आदेश विपरीत कार्य गरेको गराईएमा नेपाली कांग्रेस संसदीय दललाई मान्य नहुने अवगत गराउँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार र आदेश उलङ्घन गर्ने पक्ष नै हुने चेतावनी दिएको छ ।
















नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
प्रदेशसभा सदस्यबाट डा जोशीले दिए राजीनामा
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया