काभ्रे कारागारका कैदीबन्दीलाई पुस्तक

धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि टिम नेपो नामक संस्थाले पाँच सय थान पुस्तक हस्तान्तरण गरिएको छ ।
कैदीबन्दीलाई कानुनी तथा शैक्षिक जनचेतना जगाउन र पढ्ने बानीको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको संस्थाका कार्यबाहक अध्यक्ष प्रदीप गिरीले बताए।
पुस्तक वितरण कार्यक्रममा धुलिखेल नगर उपप्रमुख निराजन जङ्गमले हाम्रो समाजले नकारात्मक दृष्टिले हेर्ने गरेको कारागारलाई सकारात्मक कोणबाट पनि लिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न आवश्यक रहेको बताए । “ज्ञानका माध्यमबाट उपचार गर्न सकिने भएकाले कारागारलाई रुपान्तरण गर्न जरुरी छ, त्यसका लागि यस्तै अभियानको आवश्यक छ”, उनले भने ।
अध्यक्ष गिरीका अनुसार केही समययता पुस्तक परियोजनाअन्तर्गत विभिन्न विद्यालयमा पुस्तकालय स्थापना गर्दै आएको छ । विगत चार वर्षदेखि भने विभिन्न जिल्लामा रहेका कारागारमा रहेकालाई अध्ययनमा केन्द्रित गराउनका लागि पुस्तक वितरण गर्दै आएको उनले बताए । “हामीले पहिलोपटक अर्घाखाँचीका कारागारका बन्दीलाई पुस्तक हस्तान्तरण गरेका थियौँ”, उनले भने, “पछिल्लो चरणमा देशभरका कारागारमा क्रमशः पुस्तक सहयोग गर्दै जाने योजनाअन्तर्गत नौवटा जिल्लाका कारागारमा पुस्तक हस्तान्तरण गरिसकेका छौँ ।”
टिम नेपोले कारागारका कैदीबन्दीलाई लक्षित गरी पुस्तक प्रदान गरी सहयोग गरेको कारागार प्रमुख परशुराम थापाले बताए । कारागारका लागि प्राप्त पुस्तक बहुउपयोगी हुनेमा विश्वस्त रहेको उनले बताए ।
















युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया