काभ्रे कारागारका कैदीबन्दीलाई पुस्तक

धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि टिम नेपो नामक संस्थाले पाँच सय थान पुस्तक हस्तान्तरण गरिएको छ ।
कैदीबन्दीलाई कानुनी तथा शैक्षिक जनचेतना जगाउन र पढ्ने बानीको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको संस्थाका कार्यबाहक अध्यक्ष प्रदीप गिरीले बताए।
पुस्तक वितरण कार्यक्रममा धुलिखेल नगर उपप्रमुख निराजन जङ्गमले हाम्रो समाजले नकारात्मक दृष्टिले हेर्ने गरेको कारागारलाई सकारात्मक कोणबाट पनि लिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न आवश्यक रहेको बताए । “ज्ञानका माध्यमबाट उपचार गर्न सकिने भएकाले कारागारलाई रुपान्तरण गर्न जरुरी छ, त्यसका लागि यस्तै अभियानको आवश्यक छ”, उनले भने ।
अध्यक्ष गिरीका अनुसार केही समययता पुस्तक परियोजनाअन्तर्गत विभिन्न विद्यालयमा पुस्तकालय स्थापना गर्दै आएको छ । विगत चार वर्षदेखि भने विभिन्न जिल्लामा रहेका कारागारमा रहेकालाई अध्ययनमा केन्द्रित गराउनका लागि पुस्तक वितरण गर्दै आएको उनले बताए । “हामीले पहिलोपटक अर्घाखाँचीका कारागारका बन्दीलाई पुस्तक हस्तान्तरण गरेका थियौँ”, उनले भने, “पछिल्लो चरणमा देशभरका कारागारमा क्रमशः पुस्तक सहयोग गर्दै जाने योजनाअन्तर्गत नौवटा जिल्लाका कारागारमा पुस्तक हस्तान्तरण गरिसकेका छौँ ।”
टिम नेपोले कारागारका कैदीबन्दीलाई लक्षित गरी पुस्तक प्रदान गरी सहयोग गरेको कारागार प्रमुख परशुराम थापाले बताए । कारागारका लागि प्राप्त पुस्तक बहुउपयोगी हुनेमा विश्वस्त रहेको उनले बताए ।











डिजिटल डिसेम्बर अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन
ब्राजिलमा दुई सवारी ठाेक्किंदा बालबालिकासहित ११ जनाको मृत्यु
चिसोले महोत्तरीका विद्यालय बन्द
थाइल्यान्ड–कम्बोडियाबीच युद्धविराम सम्झौतामा हस्ताक्षर
क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया