पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज

म्याग्दी । मालिका गाउँपालिका–४ फूलबारीमा पक्की नहर निर्माण भएपछि कृषकलाई सिँचाइ गर्न सहज भएको छ ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०र८१ मा रु २५ लाख बजेट विनियोजन गरेको योजना खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत कार्यान्वयन गरेको हो ।
उपभोक्ता समितिका अध्यक्ष भीमविक्रम मल्लले छ सय ५३ मिटर पक्की नहर निर्माण र तीन सय मिटर पाइप लाइन जडान गरेर सिँचाइ गर्ने व्यवस्था मिलाएको जानकारी दिए । “नहर निर्माण र पाइप लाइन जडान भइसकेको आयोजनाबाट पानी ल्याएर सिँचाइ गर्न थालेका छौँ”, उनले भने, “सुुरु गरेको दुई महिनामा योजना निर्माण सम्पन्न गरिएको हो ।”
गत वर्ष पनि प्रदेश सरकारको रु १० लाख बजेटबाट दाजुङखोलाको दोभानदेखि फूलबारीतर्फ दुई सय ६६ मिटर पक्की नरह निर्माण भएको थियो । करिब ५० घरधुुरी कृषकको एक सय ७५ रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुुगेको स्थानीय भीमबहादुर बुढाले बताए । “कच्ची नहरमा मुुहानबाट हालेको पानी सोसिएर खेतबारीमा पु¥याउनै कठिन भएको थियो”, उनले भने, “पक्की नहर बनेपछि मुहानबाट हालेको सबै पानी खेतबारीमा पुुग्न थालेको छ ।” श्रमदान गरेर बर्सेनि नहर सफा गर्नुुपर्ने समस्या पनि हटेको छ ।
उपभोक्ताहरु नै मजदुरका रुपमा आयोजना निर्माणमा परिचालन भएकाले विकाससँगै रोजगारीको सिर्जना भएको बुढाले बताए। खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयमार्फत चालु आर्थिक वर्षमा ६० सिँचाइसम्बन्धी आयोजना निर्माणाधीन रहेका छन् । अधिकांश आयोजना सम्पन्न हुने चरणमा रहेका कार्यालयका प्रमुुख झलकमोहन ओझाले बताए ।










एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
गोरखामा माछा मार्न गएका एक पुरुष मृत फेला
नेपाल अफगानिस्तानसँग पराजित
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया