संसदीय समितिको टीओआर टुंग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।
बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसके पनि सकारात्मक छलफल गरेको सदस्य महेश बर्तौलाले जानकारी दिएका हुन् ।
कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको उनले बताए । आजको बैठकमा केहि ठोस विषयमा छलफल भएको र भोलि बिहान बस्ने बैठकमा सहमति हुने बर्तौलाले दाबि गरे ।
त्यस्तै रास्वपाका कार्यदल सदस्य शिशिर खनालले आजको बैठकमा कांग्रेस लचक भएको आफुले बुझेको बताउदै थप छलफल गरेर बैठक बस्ने कुरा भएको बताए ।
त्यस्तै कार्यदलका सदस्य जीवन परियारले बैठकमा कार्यादेश रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमा आफुहरुको अडान कायम रहेको बताए । आफुहरुले गोलमटोलको भाषाको प्रयोग मान्य नहुने स्पष्ट रुपमा राखेको बताउदै परियारले सम्बन्धित व्यक्तिको नाम उल्लेख नगरी कांग्रेस सहमतिमा नआउने स्पष्ट गरे । आज सत्ता पक्षले राखेको प्रस्तावमा कांग्रेस सहमत हुने अवस्था नबनेको बताए ।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । यस अघि आइतबार भएको कार्यदलको बैठकमा सहमतिमा नपुगे पनि अर्को बैठकमा सत्ता पक्षले परिमार्जित प्रस्ताव पेश गर्ने सहमति भएको थियो ।

















देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
१३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियाे
आजपाकाे चुनावी घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि एक घर-एक रोजगारीसम्म
एक थान पेस्तोल र ४ राउन्ड गोलीसहित एक जना पक्राउ
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
प्रतिक्रिया