अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि

काठमाडौँ । नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा प्रथम चाङ हुन अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
सातदोबाटोस्थित कराते महासङ्घको एकेडेमीमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक नेपालसहित मलेसिया, बङ्गलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलङ्का र सिङ्गापुर गरी करिब दुई हजार पाँच सय खेलाडीको सहभागिता रहने महासङ्घका अध्यक्ष कुलबाहदुर बुढामगरले जानकारी दिए।
यही जेठ १३ गतेसम्म आयोजना हुने प्रतियोगितामा ८५ स्वर्णपदक, ८५ रजत तथा एक सय १६ कास्यपदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा पुरुषतर्फ २० किलो, २१-२६, २७-३२, ३३-३८, ३९-४४, ४५-५०, ५१-५६, ५७-६२, ६३-६८, ६९-७४ र ७४ किलोमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
त्यसैगरी महिलातर्फ २० किलोमुनि, २१-२६, २७-३२, ३३-३८, ३९-४४, ४५-५०, ५१-५६, ५७-६२ र ६२ किलोभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ। सिनियर तौल समूह (ब्ल्याक बेल्ट)को पुरुषतर्फ ४४ किलो मुनि, ४५-५०, ५१-५६, ५७-६२, ६३-६८, ६९-७४, ७५-८० र ८० किलोमाथि, महिलातर्फ ३८ किलोमुनि, ३९-४४, ४५-५०, ५१-५६, ५७-६२, ६३-६८, ६९-७४ र ७४ किलोमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
यस्तै एकल काताको पुरुषतर्फ एलो, ग्रीन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौं डान) र महिलातर्फ एलो, ग्रीन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौं डानसम्म प्रतिस्पर्धा हुनेछ। समूह काताअन्तर्गत पुरुष सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट) र महिला सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट) मा प्रतिस्पर्धा हुनेछ।
















इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
प्रतिक्रिया