परराष्ट्र सचिव लम्साल सेन्ट जोन्स प्रस्थान गर्दै

काठमाडाैं । परराष्ट्र सचिव सेवा लम्साल एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा संयुक्त राष्ट्रसङ्घले यही जेठ १४ देखि १७ गतेसम्म आयोजना गर्न लागेको साना टापु विकासशील राष्ट्रहरुको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैछिन्।
सम्मेलनको क्रममा उनले अतिकम विकसित देशहरूको समूह (एलडिसिज) को लागि विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षको रूपमा समूहको तर्फबाट वक्तव्य दिनेछिन्।
परराष्ट्र सचिव लम्सालले सम्मेलनको अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ।
दिगो विकासमा साना टापु विकासशील देशहरूको प्रगति समीक्षा र नयाँ दशकको लागि कार्य योजना प्रस्ताव गर्ने उद्देश्यका साथ सम्मेलन प्रत्येक दश वर्षमा आयोजना गरिँदै आएको छ।
चौथो सम्मेलन ‘उत्थानशील समृद्धितर्फको मार्गचित्र’ भन्ने नाराका साथ हुँदैछ।
परराष्ट्र सचिव जेठ १९ गते स्वदेश र्फकछिन्।
















बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया