विषदीरहित भान्सा र जीवन सुरक्षासम्बन्धी दुई दिने प्रशिक्षण

काठमाडौँ । सूर्यविनायक नगरपालिका, वडा नं- ७ द्धारा “विषाधिरहित भान्सा र जीवन सुरक्षा सम्वन्धि दुईदिने प्रशिक्षण सम्पन्न भएको छ ।वडा अन्तर्गत स्थानीय महिला समुहलाई सो तालिम आयोजना गरिएको थियो ।
सूर्यविनायक नगरपालिका ७ र संवाहिका समाज नेपालको सहकार्यमा विषदीरहित भान्सा र जीवन सुरक्षासम्बन्धी जेठ ११ र १२ गते सूर्यविनायक नगरपालिका, वडा ७ गुण्डु स्थित सभाहलमा सञ्चालन गरिएको थियो ।
पूर्वमन्त्री महेश बस्नेतले स्थानीय महिला समुहलाई लक्ष्यित गरी आयोजित तालिमले स्वच्छ र सन्तुलित खाना बनाएर परिवारको स्वास्थ्य सुरक्षा गर्न महिला सक्षम बनाउने बताए ।
उनले,“विगतमा तरकारी, खाना र अन्न प्राकृतिक रूपमै स्वच्छ हुन्थ्यो, खाना कसरी मिठो खाने भन्ने ध्येय हुन्थ्यो भने हाल मानिसमा चेतनाको वृद्धि भएकोले सन्तुलित र स्वच्छ खानाबारे जागरण बढेको छ तर विषाधिको प्रयोग बढेको, पानी समेत दुषित भएको अवस्थामा विषाधिरहित भान्साबारे प्रशिक्षणले स्थानीयमा सचेतनाको लहर आउने छ । ”
पूर्व मन्त्री बस्नेतले सूर्यविनायकका बासिन्दाले हाल सडक, बाटोघाटोलगायतको विकासको अनूभुति गरिरहँदा जीवन सुरक्षासहित रोगबाट बच्न स्वच्छ भान्सा र पोषणयुक्त र विषाधिरहित खाना जीवनशैलीका लागि पनि वडा, नगरले यस्ता सचेतनामुलक कार्यक्रमको आयोजना गर्दै स्वच्छ नागरिक अभियानमा अगाडि बढ्नु निक्कै सह्रानीय कदम चालेको बताएका छन्।
सूर्यविनायक नगर–७ का अध्यक्ष रविन्द्र सापकोटाले सूर्यविनायक क्षेत्रको भौतिक विकाससँगै स्वस्थ नागरिक जीवनशैलीका लागि पनि वडाले पहल गरिरहेको बताए ।
अध्यक्ष सापकोटाले स्थानीयको जागरणका लागि सानो बजेट छुटट्याएर संवाहिका समाज नेपालसँगको सहकार्यमा स्थानीय महिला समुहलाई लक्ष्यित गरी हाल चुनौतिपूर्ण बन्दै गएको स्वच्छ भान्साबारे प्रशिक्षणको आयोजना गरेको बताए ।
उनले वडामा मुटु रोग, मिर्गौला र क्यान्सर रोग लागेर सहयोग लिन आउनेको सङ्ख्या बढ्नु सुखद अनुभव होइन भन्दै स्वच्छ र सन्तुलित खानपान र स्वस्थ्य जीवनशैलीबारे जागरणको आवश्यकता औल्याए ।
कार्यक्रममा पोषणविद् सुजा मोक्तानले पोषणयुक्त सन्तुलित आहारबारे प्रशिक्षण दिंदै खाना मिलाएर खाना नजान्दा हाल रोग बढिरहेको चर्चा गरिन् ।
प्रशिक्षण कार्यक्रमको दोस्रो दिन शनिवार काठमाडौँ महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत अनिल बस्नेतले खाद्य सुरक्षा र विषाधिबारे प्रशिक्षण दिएका हुन् ।
त्यसैगरी संवाहिका समाज नेपालका सल्लाहकार एवं पूर्वाञ्चल विश्वविद्यालयका उपप्रध्यापक युवराज पौडेलले मोवाइल, इन्टरनेटलगायतका प्रविधिको सहि उपयोगबारे प्रशिक्षण गराए ।
संवाहिका समाज नेपालका सचिव कविता थापाले सूर्यविनायक नगर–७ का स्थानीय महिलाका लागि विषाधिरहित भान्सा र जीवनशैलीबारे प्रशिक्षणका लागि सहकार्य गर्ने अवसर पाउँदा खुसी लागेको बताइन् ।
प्रशिक्षण समापन समारोहका सभापति सन्तोषि परियारले महिलाले भात, भान्सा गर्दै रोजगारी र अन्य नेतृत्वदायी भूमिका पनि निर्वाह गर्नुपर्ने अहिलेको अवस्थामा आफ्नो र परिवारको समेत स्वास्थ्यको हेरचाह गर्न यस्ता तालिम, प्रशिक्षणले सहयोग पुग्ने बताइन ।
उनले खेतीपातीमा पनि महिला नै अग्रसर हुने र खाना पकाउँदा पनि महिलाले बढि खट्नुपर्ने हुँदा विषाधिमुक्त भान्साका लागि महिलाले प्रशिक्षण लिने अवसरले सिङ्गै परिवार लाभान्वित हुने बताएकी छन् ।
संवाहिका समाज नेपालका सदस्य मेनुका कार्कीको संयोजकत्वमा आयोजित प्रशिक्षण कार्यक्रमका लागि सदस्यद्वय सावित्री बस्नेत र सुमित्रा लुईटेलले पनि व्यवस्थापनका लागि सहयोग गरेका थिए ।
सो प्रशिक्षणमा स्थानीय सहकारीका अध्यक्षलगायत पदाधिकारीहरू, आमा समुह, महिला समुह र महिला स्वास्थ्य स्वयमसेविकाहरूको ५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।
उक्त प्रशिक्षणमा सहभागिहरुले नगरपालिकामै पहिलो चोटि विषदीरहित भान्सा र जीवन सुरक्षासम्बन्धी जानकारी मुलक तालिम लिन पाएकोमा खुसी ब्यक्त गरेका थिए ।














पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया