म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि
मेरोन्यूज
२०८१ जेठ १३ गते ७:०२

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ ।
शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको एफए कपको उपाधि जितेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र कोबी माइनूले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि एक गोल जेरेमी डोकुले गरेका थिए ।
म्यानचेस्टर युनाइटेडले गत सिजनको एफए कप फाइनलमा म्यानचेस्टर सिटीसँग २-१ ले नै हारेको बदला यस सिजनमा २-१ ले नै हराएर लिएको छ ।
यो जितसँगै म्यानचेस्टर युनाइटेडले अहिलेसम्म १३ पटक एफए कपको उपाधि जिटेको छ । अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि भने आर्सनलले १४ पटक जितेको छ ।
सम्बन्धित














स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया