हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी
मेरोन्यूज
२०८१ जेठ १३ गते १०:२७

काठमाडौं । आइसीसी टी-२० विश्व कपको तयारीका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टन हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा नेपालले हरिकेन्सलाई २७ रनले पराजित गरेको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको हरिकेन्स १८.३ ओभरमा ९६ रन बनाएर अलआउट भएको थियो । त्यस्तै यस अघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो ।
हरिकेन्सविरुद्ध नेपालको यो लगातार दोस्रो जित हो ।
अब नेपालले विश्वकप अघि क्यानडा र अमेरिकाविरुद्ध वार्म अप खेल खेल्ने तालिका रहेको छ । नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।
सम्बन्धित
















ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया