‘द पोइट आइडल’को विजेता बने सिक्किमका सिमियोन

काठमाडौं । कविताको टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल सिजन( २ को विजेता सिक्किमका कवि सिमियोन सुकिता राई बनेका छन् ।
उनले पुरस्कार बापत् नगद दश लाख पाउने भएका छन् । साथै, उनले एक किताब प्रकाशनमा लागि प्रकाशक ‘कथा लय‘सँग सम्झौता गरेका छन् ।
इमाडोलस्थित एड्भान्स स्टुडियो शनिबार साँझ प्रतिस्पर्धी मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि प्रतिस्पर्धी उनी विजेता बनेका हुन् ।
अनलाइन भोटिङका आधारमा उनी विजेता घोषित भएका हुन् । जेठ १ गते देखि जेठ १२ गते साँझ ७ बजेसम्मका लागि भोटिङ खुला गरिएको थियो ।
यो प्रतियोगिता गत माघ २९ गतेबाट सुरु भएको हो । निर्णायकमा कवि विप्लव प्रतीक, उपेन्द्र सुब्बाका, निर्देशक एवं रंगकर्मी अनुप बराल र अभिनेत्री केकी अधिकारी थिए । कार्यक्रम सञ्चालकका रूपमा अभिनेता दिव्य देव पन्त थिए ।
प्रख्यात कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीको सम्झनामा भएको यस कार्यक्रमका निर्माता एवं निर्देशक क्षेत्रप्रताप अधिकारी कै छोरा अमनप्रताप अधिकारी हुन् ।
यस प्रतियोगिताको सिजन १ को विजेता पनि सिक्किमकी निलम राई हुन् ।
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया