हनी सिंहसँगको झगडा अन्त्य गर्न चाहन्छन् बादशाह

काठमाडौं । भारतका चर्चित र्यापर बादशाह र हनी सिंहबीचको झगडा अब अन्त्य हुने देखिएको छ । बादशाहले हालै हनीसँगको झगडा अन्त्य गर्न चाहेको बताएका हुन् ।
गत शुक्रबार देहरादुनमा आयोजित ग्रेपफेस्ट २०२४ मा प्रस्तुति दिन पुगेका बादशाहले हनी सिंहसँगको पुरानो दुश्मनी अन्त्य गर्न पहिलो कदम चालेका थिए ।
आफ्नो प्रस्तुतिका क्रममा बादशाहले भने, ‘एक समय थियो जब मलाई एक व्यक्तिप्रति घृणा थियो । र अब म यसलाई अन्त्य गर्न चाहन्छु। त्यो व्यक्ति हनी सिंह हाे।’ उनले भने, ‘केही गलतफहमीका कारण मैले उहाँलाई घृणा गर्न थालेको थिएँ तर केही समयपछि थाहा पाएँ कि हामी सँगै थियौं, एकता गर्ने र तोड्ने धेरै कम थिए ।’
उनले थप भने, ‘आज म सबैलाई बताउन चाहन्छु कि मैले त्यो समयलाई छोडेको छु । म उनको राम्रो करियरको लागि प्रार्थना गर्दछु। ”
हनी र बादशाहबीच केहिवर्षअघि राम्रो मित्रता थियो । उनीहरुले मिलेर ‘खोल बोतल’, ‘बेगानी नार’, ‘दिल्ली के दिवाने’ र ‘गेटअप जवानी’ जस्ता हिट गीत दिए ।
बादशाह र हनीबीच सन् २००९ मा झगडा सुरु भएको थियो । एक अन्तर्वार्तामा हनीलाई बादशाहको बारेमा सोध्दा उनले बादशाहलाई नानो कार बताएका थिए भने आफुलाई रोल्स रोयस भनेका थिए ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया