बुधबार, वैशाख १६, २०८३

हनी सिंहसँगको झगडा अन्त्य गर्न चाहन्छन् बादशाह

मेरोन्यूज २०८१ जेठ १३ गते १६:४०

काठमाडौं । भारतका चर्चित र्‍यापर बादशाह र हनी सिंहबीचको झगडा अब अन्त्य हुने देखिएको छ । बादशाहले हालै हनीसँगको झगडा अन्त्य गर्न चाहेको बताएका हुन् ।

Advertisement
NiccNicc

गत शुक्रबार देहरादुनमा आयोजित ग्रेपफेस्ट २०२४ मा प्रस्तुति दिन पुगेका बादशाहले हनी सिंहसँगको पुरानो दुश्मनी अन्त्य गर्न पहिलो कदम चालेका थिए ।

आफ्नो प्रस्तुतिका क्रममा बादशाहले भने, ‘एक समय थियो जब मलाई एक व्यक्तिप्रति घृणा थियो । र अब म यसलाई अन्त्य गर्न चाहन्छु। त्यो व्यक्ति हनी सिंह हाे।’ उनले भने, ‘केही गलतफहमीका कारण मैले उहाँलाई घृणा गर्न थालेको थिएँ तर केही समयपछि थाहा पाएँ कि हामी सँगै थियौं, एकता गर्ने र तोड्ने धेरै कम थिए ।’

उनले थप भने, ‘आज म सबैलाई बताउन चाहन्छु कि मैले त्यो समयलाई छोडेको छु । म उनको राम्रो करियरको लागि प्रार्थना गर्दछु। ”

हनी र बादशाहबीच केहिवर्षअघि राम्रो मित्रता थियो । उनीहरुले मिलेर ‘खोल बोतल’, ‘बेगानी नार’, ‘दिल्ली के दिवाने’ र ‘गेटअप जवानी’ जस्ता हिट गीत दिए ।

बादशाह र हनीबीच सन् २००९ मा झगडा सुरु भएको थियो । एक अन्तर्वार्तामा हनीलाई बादशाहको बारेमा सोध्दा उनले बादशाहलाई नानो कार बताएका थिए भने आफुलाई रोल्स रोयस भनेका थिए ।

प्रतिक्रिया