यस्ताे छ ‘लण्डन टू पेरिस’ को ट्रेलर

काठमाडौँ । यही जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्राभल-लभस्टोरी फिल्म ‘लण्डन टू पेरिस’को ट्रेलर सार्वजनिक गरिएको छ ।
आइतबार सार्वजनिक ट्रेलरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता निश्चल खड्काबीचको प्रेम र विछोडलाई देखाइएको छ ।
ट्रेलर अनुसार साम्राज्ञीलाई भुल्न निश्चल अभिनेत्री गरिमा शर्मासँग नजिक बनेको तर, उनीहरुको पनि सम्बन्ध टुटेको बुझ्न सकिन्छ ।
घनश्याम लामिछानेको निर्देशनमा बनेको यो फिल्ममा रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीको पनि अभिनय छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत र लांगिनस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।
एबी इन्टरनेशनलको प्रस्तुतिमा बनेको फिल्ममा गौतम प्रोडक्शन तथा अर्चिड भेस फिल्मसले निर्माण सहकार्य गरेका छन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
प्रतिक्रिया