बिहीबार, वैशाख २४, २०८३

सत्ता पक्ष र विपक्षीको बैठक बालुवाटारमा जारी 

मेरोन्यूज २०८१ जेठ १४ गते १०:३५

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास बालुवाटारमा केही बेरअघि शीर्ष राजनीतिक दल र कार्यदलको बैठक सुरु भएको छ । 

Advertisement
NiccNicc

प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्य गरी मंगलबार सहज वातावरणमा बजेट प्रस्तुत गर्ने सहमति जुटाउने प्रयासमा बैठक बोलाएर प्रतिपक्ष दलका नेताहरूसँगै कार्यदलका सदस्यहरूसँग एकसाथ छलफल गरिरहेका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, एमालेबाट कानुनमन्त्री पदम गिरि, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम् वाग्ले, सन्तोष परियार लगायतका सहभागी छन् ।

प्रतिक्रिया