उपप्रमुख बुढाथोकीको तलब भत्ता विद्यार्थीको पोशाक र खानामा

काठमाडौ । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाएको तलब भत्ता सामुदायिक विद्यालयमा अध्ययनरत गरिब विद्यार्थीको पोसाकदेखि खानासम्ममा खर्चिएको बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै उनले दुई वर्षे कार्यकालमा आफूले तलब भत्तावापत प्राप्त करिब १० लाख विद्यार्थीको स्टेशनरी, पोसाकमा खर्च गरेको बताएका हुन् । उनले भने, “सरकारी नियमअनुसार कर कट्टा गरेर मैले पाउने मासिक ३० हजार, प्रत्येक बैठकमा पाउने एक हजार चार सय भत्तालगायतका सबै रकम सामाजिक कार्यमा खर्च गरेको छु, कुनैपनि सेवा सुविधा आफ्ना लागि खर्च गर्दिन, सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सहयोग गरेको छु ।”
भर्ना हुन नसकेका विद्यार्थीको भर्ना र शुल्क तिरिदिएको तथा चामलको समेत व्यवस्था गरिदिएको, बिरामीको उपचारमा आर्थिक सहयोग गरेको बताए । “नगरपालिकाले उपलब्ध गराएको गाडीसमेत नगरभित्रका अपाङ्गता भएका, असाहय, सुत्केरी, ज्येष्ठ नागरिकलगायतका बिरामी बोक्ने प्रयोग गर्न दिएको र अहिलेसम्म नगर अस्पतालले सोही प्रयोजनका लागि प्रयोग छ”, उनले भने ।










पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित
नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु
चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु
घरमा ढुङ्गा खस्दा हुम्लामा चार जना घाइते
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया