मंगलबार, चैत ३, २०८२

महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने

मेरोन्यूज २०८१ जेठ १५ गते २१:२८

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने बताएकी छिन् ।

Advertisement
nepal life insurencenepal life insurence

एक्स–पोज नेपालले दशौं अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसका उपलक्षमा मंगलबार राजधानीमा गरेको साइकल यालीसहितको कार्यक्रममा मन्त्री चौधरीले महिलाहरूको महिनावारीको समय एकदमै पीडादायी हुने भएकाले राज्यले विदाको व्यवस्था गर्न पहल गर्ने बताइन् ।

महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेको गैरसरकारी संस्था एक्स–पोज नेपालले हरेका वर्षझै यसवर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा साइकल ¥याली गरेको थियो ।

यसवर्ष ”महिनावारीमैत्री विश्वव्यापी हातेमालो ” भन्ने नाराका साथ मनाइएको छ । यो हरेक वर्षको मे २८ का दिन मनाइन्छ । 

नेपालकै प्याडम्यान भनेर चिनिने एक्स–पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलो वर्ष अर्थात सात वर्ष पहिले गरेको पहिलो साइकल रयालीमा जम्मा ७२ जना सहभागी भएकोमा एक जना महिला सहभागी भएको बताए । उनले यसवर्ष चार सय पचास सहभागीमा ७५ प्रतिसत महिला रयालीमा सहभागी भएको बताए । 

युनिसेफका प्रतिनिधी जिहुनरले महिनावारी स्वच्छतामा मुख्य सरसफाइ नै रहेको बताए । उनले यसरी सहकार्य गर्न पाएकोमा खुसी लागेको पनि बताए ।

ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले महिलाहरूको महिनावारीलाई कमजोरीका रूपमा हेर्न नहुने बताइन् । उनले कमजोरीका रूपमा भन्दा बढी महिला शक्तिका रूपमा लिनुपर्ने बताइन् ।

उनले यो अभियानमा ललितपुर महानगरपालिका पनि लागेको बताउँदै महानगरले प्रत्यक विद्यालयमा महिनावारी सम्बन्धि सहजिकरण कार्यक्रम गरिरहेको बताइन् । 

राष्ट्रिय महिनावारी सञ्जालका संयोजक तथा सभापति गुणराज श्रेष्ठले महिनावारी स्वच्छता दिवस स्वास्थ्य र सरसफाइसंग सम्बन्धित रहेकाले वातावरण प्रदुषित नहुने गरी महिनावारी मनाउनुपर्ने बताए ।

उनले अहिले बजारमा आएको महिनावारी प्याड ९० प्रतिशत प्लास्टिकजन्य पदार्थ भएकोले सकेसम्म घरेलु प्याड प्रयोग गरेर प्रदुषण घटाउनुपर्ने बताए ।

प्रतिक्रिया