महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने बताएकी छिन् ।
एक्स–पोज नेपालले दशौं अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसका उपलक्षमा मंगलबार राजधानीमा गरेको साइकल यालीसहितको कार्यक्रममा मन्त्री चौधरीले महिलाहरूको महिनावारीको समय एकदमै पीडादायी हुने भएकाले राज्यले विदाको व्यवस्था गर्न पहल गर्ने बताइन् ।
महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेको गैरसरकारी संस्था एक्स–पोज नेपालले हरेका वर्षझै यसवर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा साइकल ¥याली गरेको थियो ।
यसवर्ष ”महिनावारीमैत्री विश्वव्यापी हातेमालो ” भन्ने नाराका साथ मनाइएको छ । यो हरेक वर्षको मे २८ का दिन मनाइन्छ ।
नेपालकै प्याडम्यान भनेर चिनिने एक्स–पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलो वर्ष अर्थात सात वर्ष पहिले गरेको पहिलो साइकल रयालीमा जम्मा ७२ जना सहभागी भएकोमा एक जना महिला सहभागी भएको बताए । उनले यसवर्ष चार सय पचास सहभागीमा ७५ प्रतिसत महिला रयालीमा सहभागी भएको बताए ।
युनिसेफका प्रतिनिधी जिहुनरले महिनावारी स्वच्छतामा मुख्य सरसफाइ नै रहेको बताए । उनले यसरी सहकार्य गर्न पाएकोमा खुसी लागेको पनि बताए ।
ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले महिलाहरूको महिनावारीलाई कमजोरीका रूपमा हेर्न नहुने बताइन् । उनले कमजोरीका रूपमा भन्दा बढी महिला शक्तिका रूपमा लिनुपर्ने बताइन् ।
उनले यो अभियानमा ललितपुर महानगरपालिका पनि लागेको बताउँदै महानगरले प्रत्यक विद्यालयमा महिनावारी सम्बन्धि सहजिकरण कार्यक्रम गरिरहेको बताइन् ।
राष्ट्रिय महिनावारी सञ्जालका संयोजक तथा सभापति गुणराज श्रेष्ठले महिनावारी स्वच्छता दिवस स्वास्थ्य र सरसफाइसंग सम्बन्धित रहेकाले वातावरण प्रदुषित नहुने गरी महिनावारी मनाउनुपर्ने बताए ।
उनले अहिले बजारमा आएको महिनावारी प्याड ९० प्रतिशत प्लास्टिकजन्य पदार्थ भएकोले सकेसम्म घरेलु प्याड प्रयोग गरेर प्रदुषण घटाउनुपर्ने बताए ।










प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया