बागमती साहित्य केन्द्र द्धारा डा. शेखरकुमार श्रेष्ठ सम्मानित

काठमाडौं । बागमती साहित्य केन्द्र, काठमाडौँले गणतन्त्र दिवसका अवसरमा गणतन्त्र कविता वाचन तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न गरेको छ ।
साहित्यकार किशोर पहाडीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रले दक्षिणकाली निवासी साहित्यकार डा. शेखरकुमार श्रेष्ठलाई सम्मान प्रदान गरेको हो ।
उनको सगरपुर, बोकाको खुसी, छाता लघुकथासङ्ग्रह, मृत्यु उत्सव होस् कवितासङ्ग्रहलगायत बालसाहित्य र समालोचना गरी एक दर्जन कृति प्रकाशित छन् ।
सम्मानको व्रmममा प्रमुख अतिथि पहाडीले डा. श्रेष्ठ आफ्नो पढाइ उच्च विन्दुमा पु¥याउन सफल भएपछि साहित्यमा व्रिmयाशील भई कृति प्रकाशनमा लागेको कुरा बताएका थिए । कार्यव्रmममा सुभाषचन्द्र पौडेल’भीमफेदीया’, बुद्धिमान महर्जन, डा. छायादत्त न्यौपाने, मधुसुदनप्रसाद घिमिरे, राजेशमान के.सी., रजनी केसी, सविता केसी, मनोज कर्माचार्य, ललिता दोषी, मनीषकुमार समितलगायतका बाइस स्रष्टाले कविता वाचन गरेका थिए ।
.
पौभा सायमीको स्वागत मन्तव्यसँगै सुरुआत भएको उक्त कार्यव्रmममा हाम्रो लघुकथा केन्द्रका अध्यक्ष, लता केसी, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ, गायिका सरस्वती मानन्धरले सम्मानित स्रष्टालाई बधाई ज्ञापन गरेका थिए ।
सम्मानपछि डा. श्रेष्ठले सम्मान पाउनुभनेका अझ काम गर्ने प्रेरणा मिल्नु हो भन्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए । बागमती साहित्य केन्द्रका अध्यक्ष बागमती भाइको सभाध्यक्षमा भएको उक्त कार्यव्रmममा सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष आवेश मिश्र, गायिका सरस्वती मानन्धरलगायत साठी जना साहित्यकारको उपस्थिति थियो ।
















बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
प्रतिक्रिया