बागमती साहित्य केन्द्र द्धारा डा. शेखरकुमार श्रेष्ठ सम्मानित

काठमाडौं । बागमती साहित्य केन्द्र, काठमाडौँले गणतन्त्र दिवसका अवसरमा गणतन्त्र कविता वाचन तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न गरेको छ ।
साहित्यकार किशोर पहाडीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रले दक्षिणकाली निवासी साहित्यकार डा. शेखरकुमार श्रेष्ठलाई सम्मान प्रदान गरेको हो ।
उनको सगरपुर, बोकाको खुसी, छाता लघुकथासङ्ग्रह, मृत्यु उत्सव होस् कवितासङ्ग्रहलगायत बालसाहित्य र समालोचना गरी एक दर्जन कृति प्रकाशित छन् ।
सम्मानको व्रmममा प्रमुख अतिथि पहाडीले डा. श्रेष्ठ आफ्नो पढाइ उच्च विन्दुमा पु¥याउन सफल भएपछि साहित्यमा व्रिmयाशील भई कृति प्रकाशनमा लागेको कुरा बताएका थिए । कार्यव्रmममा सुभाषचन्द्र पौडेल’भीमफेदीया’, बुद्धिमान महर्जन, डा. छायादत्त न्यौपाने, मधुसुदनप्रसाद घिमिरे, राजेशमान के.सी., रजनी केसी, सविता केसी, मनोज कर्माचार्य, ललिता दोषी, मनीषकुमार समितलगायतका बाइस स्रष्टाले कविता वाचन गरेका थिए ।
.
पौभा सायमीको स्वागत मन्तव्यसँगै सुरुआत भएको उक्त कार्यव्रmममा हाम्रो लघुकथा केन्द्रका अध्यक्ष, लता केसी, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ, गायिका सरस्वती मानन्धरले सम्मानित स्रष्टालाई बधाई ज्ञापन गरेका थिए ।
सम्मानपछि डा. श्रेष्ठले सम्मान पाउनुभनेका अझ काम गर्ने प्रेरणा मिल्नु हो भन्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए । बागमती साहित्य केन्द्रका अध्यक्ष बागमती भाइको सभाध्यक्षमा भएको उक्त कार्यव्रmममा सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष आवेश मिश्र, गायिका सरस्वती मानन्धरलगायत साठी जना साहित्यकारको उपस्थिति थियो ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया