नामिबियामाथि अस्ट्रेलियाको जित

काठमाडौं । आइसीसी टी२० विश्वकप अघिको वार्मअप खेलमा अस्ट्रेलियाले नामिबियामाथि सहज जित हासिल गरेको छ।
वेस्ट इन्डिजमा बुधबार बिहान सपन्न खेलमा अस्ट्रेलियाले ७ विकेटको जित हासिल गरेको हो। नामिबियाले दिएको १२० रनको लक्ष्य अस्ट्रेलियाले १० ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
अस्ट्रेलियाको जितमा ओपनर डेबिड वार्नरले २१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले। टिम डेबिडले १६ बलमा २३ रन बनाए भने कप्तान मिचेल मार्शले १४ बलमा १८ रन बनाए।
नामिबियाका लागि बेर्नाड स्कोडेजेले २ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर ११९ रन बनाएको थियो।
नामिबियाका लागि जान ग्रिनले ३० बलमा ३८ तथा मलान कुर्जरले ११ बलमा १८ रन बनाएका थिए। अस्ट्रेलियाका लागि एडम जाम्पाले ३ तथा जोस हेजलवुडले २ विकेट लिएका थिए। हेजलवुडले ४ ओभरमा ३ मेडन राखेर ५ रन खर्चिएका थिए।
विश्वकपमा अस्ट्रेलिया र नामिबिया समूह बी मा रहेका छन्।
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया