नगर प्रमुखको आक्रोस : सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक
मेरोन्यूज
२०८१ जेठ १७ गते ७:१८

मुगुको छायाँनाथ रारा नागरपालिकाले सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक लगाएको छ ।
सरकारले आर्थिक बर्ष २०८१।०८२ का लागि मंगलबार सार्वजनिक गरेको बजेट प्रस्तुतमा रारालाई नसमेटेको भन्दै नगरपालिकाका मेयर विष्णुकुमार भामले मन्त्रीहरुलाई रारा प्रवेशमा निषेध गरेका हुन ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारा र नेपालको सबैभन्दा ठुलो ताल स्वर्गकी अप्सरा उपमा पाएको रारालाई संघीय सरकारले बेवास्ता गरेको उनले बताए ।
रिफ्रेसमेन्टका लागि रारा घुम्न आउने तर यहाँको भौतिक संरचना निर्माणमा मन्त्रीहरुले ध्यान नदिएको उनको भनाई छ ।
एक वर्षमा रारामा कार्यक्रम गर्ने र खाने काम बाहेक रारा विकास र प्रवर्द्धनका लागि मन्त्रीहरुले केही काम नगरेको समेत उहाँले आरोप लगाएका छन् । आन्तरिक तथा वाह्वय पर्यटकलाई भने रारामा स्वागत गरिएको बताएका छन् ।
सम्बन्धित


















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया