पैतृक सम्पत्तिमा समान अधिकारबारे धेरैलाई जानकारी नै छैन : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले पैतृक सम्पत्तिमा महिला र पुरुषको समान अधिकार कानुनले सम्बोधन गरे पनि यस विषयमा धेरैलाई जानकारी नभएको बताएकी छन् ।
राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा आज राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले तल्लो तहमा यस विषयमा अझै जानकारी नभएको बताइन्। उनले भनिन्, “आफ्नै दाजुभाइसँग किन झगडा गर्ने, किन सम्बन्ध बिगार्ने भनेर धेरै महिलाले सम्पत्ति दाबी गरेका छैनन् । जबकी यो हामी सबैको समान अधिकार हो ।”
यी विषयमा वकालत गर्न जरुरी भएको र महिला अधिकारका लागि एकजुट हुन आवश्यक रहेको उनले बताइन् । “हामीसँग अहिले सात सय ५३ पालिकाहरू छन् । महिला विकास अधिकृतहरू स्थानीय तहमा गाभिए तर अहिले महिला मन्त्रालयको संरचना स्थानीय तहमा नहुँदा काम गर्न अप्ठ्यारो परिरहेको छ”, उनले भनिन् ।
अहिलेसम्म निर्माण भएका ऐन, कानुन कार्यान्वयनको अवस्था समीक्षा गर्दै आगामी योजनासहित अगाडि बढ्नुपर्ने मन्त्री चौधरीको भनाइ छ ।
अहिले बाल विवाहको अवस्था विकराल बन्दै गएकाले न्यूनीकरणका निम्ति उनले अभियान सञ्चालन गर्न आवश्यक रहेको बताइन् ।
अप्ठ्यारोमा, हिंसामा परेका महिलाका निम्ति राज्यले उनीहरूको सुरक्षा गर्न ‘सेल्टर हाउस’ बनाउन आवश्यक रहेको मन्त्री चौधरीले बताउनुभयो । त्यसका निम्ति बजेट व्यवस्था गर्न लागिपरेपनि न्यून बजेट प्राप्त भएको उनको भनाइ थियो ।
















दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया