जेठभित्र नवीकरण नगर्ने क्यासिनोको इजाजत स्वतः खारेज हुने

काठमाडौं । हरेक आर्थिक वर्षको जेठ मसान्तभित्र इजाजत नवीकरण नगरेमा क्यासिनोहरूको इजाजत स्वतः रद्द हुने भएको छ ।
सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८० ले पर्यटन ऐनमा गरेको संशोधनले सो व्यवस्था गरेको छ ।
पर्यटन विभागले ऐनमा भएको यो प्रावधान स्मरण गराउँदै जेठ मसान्तभित्र नवीकरण गरी इजाजत कायम गराउन सबै क्यासिनो सञ्चालकहरुलाई सचेत गराएको छ ।
पर्यटन विभागका अनुसार क्यासिनो सञ्चालनको इजाजत पत्र प्राप्त व्यक्तिले क्यासिनो सञ्चालनको इजाजत मान्य अवधि सकिनुभन्दा कम्तीमा तीस दिन अगावै क्यासिनो सञ्चालनको इजाजत पत्र नवीकरण गर्न निवेदन दिनुपर्छ ।
त्यसरी निवेदन नदिएमा क्यासिनोको इजाजत पत्र स्वतः रद्द हुने भन्दै क्यासिनो सञ्चालकहरूलाई सचेत गराएको हो ।
क्यासिनो नवीकरण गर्दा चालु आवको जेठ मसान्तभित्र बक्यौता र तोकिए अनुसारको क्यासिनो रोयल्टी रकम, नवीकरण दस्तुर समेत बुझाउनु पर्छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया