बुधबार, वैशाख १६, २०८३

नेपालको पूर्वी क्षेत्रबाट आगामी १० दिनमा मनसुन भित्रिने विज्ञहरुको अनुमान

मेरोन्यूज २०८१ जेठ १८ गते १६:१८

काठमाडौं । नेपालमा आागमी १० दिनमा मनसुन भित्रिने भएको छ। नेपालको कोशी प्रदेशबाट अबको १० देखि १२ दिनभित्रमा मनसुन भित्रिने विज्ञहरुको अनुमान छ।

Advertisement
NiccNicc

मनसुनजन्य विपद्‌बाट बच्न पूर्वतयारीका लागि अब एक हप्ताको समय मात्रै रहेको भन्दै विज्ञहरुले सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका छन्।
जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले अबको १० दिनमा नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिने र विकसित हुँदै सुदूरपश्चिमसम्म पुग्दा १५ देखि २० दिनसम्मको समय लाग्ने बताए।

उनले यस वर्ष अत्याधिक वर्षा हुने पूर्वानुमान रहेकाले सोहीअनुसारका योजना बनाई तयारीमा जुट्न आग्रह गरे। राज्यले कुन–कुन ठाउँमा कस्तो आपतकालीन पूर्वतयारी गर्ने भन्नेबारेमा समयमै ध्यान दिनुपर्नेमा जोड दिए।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै डा। उप्रेतीले राहत र उद्धारको लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्नहरुको संकलन गरी भण्डारण गर्न आवश्यक भइसकेको बताए।

उनले गृह मन्त्रालय, आपतकालीन अवस्थामा खटिने सुरक्षा निकाय, स्वयंसेवक, रेडक्रसदेखि जल तथा मौसम विज्ञान विभाग र प्रदेश एवं स्थानीय सरकारले आजैबाट विपद्पूर्व तयारीका काम गर्न र तयारीमा जनशक्ति परिचालन गर्न आग्रह गरे।

प्रतिक्रिया