बुधबार, वैशाख १६, २०८३

विपन्न किसानलाई जग्गा भाडामा अनुदान

मेरोन्यूज २०८१ जेठ १८ गते १८:०४

चितवन । चितवनको खैरहनी नगरपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ।

Advertisement
NiccNicc

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले कृषकलाई अनुदान दिन लागेको हो।

नगरपालिकामा रहेका बाँझो जमिनको उपयोग गरी कृषि उपजको उत्पादन र उत्पादकत्व बढाउन, विपन्न परिवारलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको खैरहनी नगरपालिकाका मेयर शशिकुमार खनियाले बताए।

नगरपालिकालाई कृषि उपजमा आत्मनिर्भर मात्रै नभएर मुख्य व्यवसायका रूपमा विस्तार गर्दै विपन्न किसानको जीवनयापन सहज बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको हो,मेयर खनियाले भने।

जग्गा नभएका, दुई कट्ठाभन्दा कम जग्गा भएका र आम्दानीको अन्य स्रोत नभएका किसान पहिचान गरी अनुदान प्रदान गरिएको खनियाले बताए।

नगरपालिकाबाट जग्गा भाडाका लागि अनुदान पाएका अधिकांश किसानले खाद्य बाली लगाउने बताएका छन्।

बिहान बेलुकाको छाक टार्न समस्या छ। मौसमअनुसार धान, तोरी लगायत अन्नबाली लगाउने योजना बनाएको छु,ु जग्गा भाडाको अनुदान पाएका सन्तोषबहादुर परियारले भने।

दस कट्ठा जग्गा भाडाका लागि अनुदान पाएकी सुखिया महतोले परम्परागत खेती गरेर आम्दानीको स्रोत बनाउने बताइन्।

प्रतिक्रिया