विपन्न किसानलाई जग्गा भाडामा अनुदान

चितवन । चितवनको खैरहनी नगरपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले कृषकलाई अनुदान दिन लागेको हो।
नगरपालिकामा रहेका बाँझो जमिनको उपयोग गरी कृषि उपजको उत्पादन र उत्पादकत्व बढाउन, विपन्न परिवारलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको खैरहनी नगरपालिकाका मेयर शशिकुमार खनियाले बताए।
नगरपालिकालाई कृषि उपजमा आत्मनिर्भर मात्रै नभएर मुख्य व्यवसायका रूपमा विस्तार गर्दै विपन्न किसानको जीवनयापन सहज बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको हो,मेयर खनियाले भने।
जग्गा नभएका, दुई कट्ठाभन्दा कम जग्गा भएका र आम्दानीको अन्य स्रोत नभएका किसान पहिचान गरी अनुदान प्रदान गरिएको खनियाले बताए।
नगरपालिकाबाट जग्गा भाडाका लागि अनुदान पाएका अधिकांश किसानले खाद्य बाली लगाउने बताएका छन्।
बिहान बेलुकाको छाक टार्न समस्या छ। मौसमअनुसार धान, तोरी लगायत अन्नबाली लगाउने योजना बनाएको छु,ु जग्गा भाडाको अनुदान पाएका सन्तोषबहादुर परियारले भने।
दस कट्ठा जग्गा भाडाका लागि अनुदान पाएकी सुखिया महतोले परम्परागत खेती गरेर आम्दानीको स्रोत बनाउने बताइन्।










घरमा ढुङ्गा खस्दा हुम्लामा चार जना घाइते
एमाले महाधिवेशन : ४ सय मत खस्यो
सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा : प्रधानमन्त्री कार्की
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया