टर्किस सुपर लिगमा जाने भए मोरिन्हो

काठमाडौँ । जोसे मोरिन्हो टर्की लिगमा जाने निश्चित भएको छ । मोरिन्होले टर्की लिगको क्लब फेनेर्बाचेको प्रशिक्षक बन्ने भएका हुन् । मोरिन्होले फेनेर्बाचेका लागि २ बर्षको सम्झौता गर्ने भएका छन् ।
उनलाई गत जनवरीमा इटालियन क्लब एएस रोमाले बर्खास्त गरेको थियो ।
केहि दिन अघि देखि प्रिमियर लिग चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम देखि साउदी लिग अल नासर सम्म जाने चर्चा चलिरहेका बेला मोरिन्होले टर्किस लिग रोजेका हुन् ।
फेनेर्बाचे टर्कीको सफल क्लब मध्य एक हो । हालै सम्पन्न सिजनमा लिगमा दोस्रो भएको थियो । फेनेर्बाचेले अहिलेसम्म १९ पटक टर्की सुपर लिगको उपाधि जितेपनि पछिल्लो १० बर्षमा भने उपाधि जित्न सकेको छैन । पछिल्लो पटक फेनेर्बाचेले २०१३-१४ सिजनमा लिग उपाधि जितेको थियो ।
मोरिन्हो फुटबल जगतका सफल प्रशिक्षक मध्ये एक हुन् । उनले पोर्टो र इन्टर मिलान जस्ता क्लबलाई च्याम्पियन्स लिग जिताएका छन् ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया