डा.शेखरकुमार श्रेष्ठद्वारा लिखित ‘गाँठो’ कथासङ्ग्रह तथा ‘मौन अक्षरका सुस्केरा’ विमोचन

काठमाडौं । डा.शेखरकुमार श्रेष्ठद्वारा लिखित ‘गाँठो’ कथासङ्ग्रह तथा ‘मौन अक्षरका सुस्केरा’ लघुथासङ्ग्रहको विमोचन भएको छ।
हाम्रो लघुकथा केन्द्र तथा सुसेली साहित्यिक प्रतिष्ठान,फर्पिङ को संयुक्त आयोजनामा दक्षिणकाली नगरपालिका वडा नं ४ को कार्यालय बाँसबारीमा सो कार्यक्रम सम्पन्न भएको हो।
दक्षिणकाली नगरपालिका वडा नम्बर चारको विशेष सहयोग रहेको उक्त कार्यक्रम लघुकथा केन्द्रकी अध्यक्ष लता के.सी. को सभापतित्व तथा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै स्रष्टा पहाडीले फर्पिङमा बितेको आफ्नो बाल्यकालको संस्मरण गर्नुका साथै हाल दक्षिणकाली नगरपालिकाभित्र साहित्यिक कृयाकलाप बढ्नुमा डा.शेखरकुमार श्रेष्ठको ठूलो योगदान रहेको बताए।
डा.श्रेष्ठले विद्यावारिधि गरेपछि उनको साहित्यिक लेखनले निरन्तरता पाइरहेको र हाल ज्यादै उर्जाशील भई अरूलाई पनि लेख्न प्रोत्साहित गर्ने गरेको बताए।
दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले डा . शेखरकुमार श्रेष्ठ जस्ता स्रष्टालाई प्रोत्साहन र हौसला प्रदान गर्न दक्षिणकाली नगरपालिका हरबखत तयार रहेको बताए।
साथै,उनले बजेटको प्रसङ्ग उठाउँदै साहित्य र साहित्यिक प्रतिष्ठानका लागि पनि नगरपालिकाले बजेटभित्र समेट्ने कुराको प्रतिबद्धता जनाएका थिए।
लघुकथा केन्द्रकी अध्यक्ष लता के.सी.ले जनप्रतिनिधिहरू साहित्यमा रूचि राख्ने मात्र नभइ आफैँ स्रष्टा भएकोमा खुसी व्यक्त गर्दै सर्जक डा.शेखरकुमार श्रेष्ठको कृतित्व तथा व्यक्तित्वमाथि पनि संक्षेपमा प्रकाश पारेकी थिइन्।
पुस्तकका सर्जक डा.शेखरकुमार श्रेष्ठले लेखकीय मन्तव्य राख्दै कार्यक्रममा उपस्थित सबैमा हार्दिक धन्यवाद दिनुका साथै कार्यक्रम सफल तुल्याउन सहयोग पुर्याएकोमा आभार प्रकट गरेका थिए।
दक्षिणकाली नगरपालिकाले साहित्यिक कार्यक्रमहरूमा सहयोग पुर्याउँदै आएको भए पनि अब नगरपालिकाभित्र साहित्यिक प्रतिष्ठान नै गठन गरी भाषा,साहित्य,धर्म र संस्कृतितर्फ थप कार्यहरू गर्न अनुरोध गरेका थिए।
डा.श्रेष्ठका हालसम्म १५ थान कृतिहरू प्रकाशनमा आइसकेका छन्। कार्यक्रममा १० जना कवि तथा कवयित्रीहरूले आ-आफ्ना कविता वाचन गरेका थिए भने विवेक शर्मा गौतमले आफ्नो लघुकथा वाचन गरेका थिए।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया